८ कार्तिक २०८३, आइतबार

कोहलपुरमा एसिड आक्रमण, एक गम्भीर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

acid-attack4नेपालगञ्ज, १ साउन । बाँकेको कोहलपुरमा एक जनामाथि एसिड आक्रमण भएको छ ।

सामान्य विवादमा एसिड छर्कने कोलहपुर नगरपालिका–११ साझा चोकमा कृष्ण सुनचाँदी पसल गरी बस्ने ३० बर्षीय सुरज विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले सोही ठाउँमा सुनचाँदीका गहना बनाउने काम गर्ने नवलपरासी बर्दघाटका धिरज गोतामेलाई सामान्य विवादमा सुन सफा गर्ने एसिड छर्कीदा घाइते भएका थिए ।

गोतामेलाई थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौँ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।