काठमाडौैं, १ साउन । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो पाँचौ खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ ।
यो पराजयसँगै नेपालको विश्वकप यात्रा लगभग समाप्त भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटिएको थियो । जवाफी व्याटिङ उत्रिएको पपुवा न्युगिनी १४ औं ओभरको खेलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
प्रतियोगितामा पराजित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले व्याटिङमा बोलियो प्रदर्शन गर्न नसक्दा नेपाल हार्न पुगेको बताए । ‘योग्य सुरुआत गरे पनि ब्याटिङको मध्य इनिङ्समा लगातार विकेट गुमाएर खेल हार्न पुग्यौ ।’ उनले भने ।
उनले राम्रो पाटनर्सिप गर्न नसक्नु आफ्नो टिमको कमजोरी भएको बताए । उनले बाँकी एउटा खेलमा राम्रो ब्याटीङ प्रदर्शन गर्ने आशा राखेका छन् । आशावादी हुँदै उनले भने, ‘हामीले अहिलेसम्म आफ्नो उत्कृष्ट खेल देखाएका छैनौं।’
नेपालको पराजयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सञ्जय रेग्मीले पावर प्ले सकिएपछि ६ देखि २० ओभरसम्म स्ट्राईक रोट्रेट गर्न नसक्नु, ठूलो सट खेल्न नसक्नु, प्रेसर कन्ट्रोल गर्न नसक्नु्, बलर छान्न नसक्नु र विपक्षीको फिल्डर चिन्न नसक्नु हारको कारण बनेको बताए ।















प्रतिक्रिया