३० आश्विन २०८३, शुक्रबार

पपुवा न्युगिनीसँग नेपाल ८ विकेटले पराजित, विश्वकपमा छनोट हुने सम्भावना सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Teamकाठमाडौं, १ साउन । टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो पाँचौ खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ ।

यो पराजयसँगै नेपालको विश्वकप यात्रा लगभग समाप्त भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटिएको थियो । जवाफी व्याटिङ उत्रिएको पपुवा न्युगिनी १४ औं ओभरको खेलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

डब्लिनमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले सुरुवाती प्रदर्शन राम्रो गरेको थियो । ओपनरद्धय प्रदीप ऐरी र सागर पुनले राम्रो सुरुवात गरेका थिए । तर, मध्यमतिरको नेपालको व्याटिङ खस्कियो ।

आजको खेलमा नेपालका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक २९ रन बनाए । त्यस्तै, सागर पुन १५ र शरद भेष्वाकरले ११ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उपकप्तान ज्ञानेन्द्र मल्ल २, कप्तान पारस खड्का ५, राजेश पुलामी ७, विनोद भण्डारी ४, सोमपाल कामी ४ र बसन्त रेग्मी १ रनमा आउट भए करणले खाता नै खोल्न सकेनन् । शक्ति गौचन ६ रनमा अविजित रहे ।