८ कार्तिक २०८३, आइतबार

अबको एक महिनाभित्र संविधान आउँछ : सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koiralaविराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने समय लम्ब्याउन नहुने धारणा राख्नुभयो ।

मुलुकमा सङ्घीयता नआउने विषयमा शङ्का नगर्न आश्वस्त पार्दै नेत्री कोइरालाले संविधानका कतिपय विषयमा आफूहरुलाई पनि चित्त नबुझेको र आवश्यक परेको खण्डमा भविष्यमा संविधान संशोधन हुन सक्ने स्पष्ट पार्नुभयो ।

उहाँले आव ०७२/७३ को बजेटमा तनहुँस्थित गिरिजाप्रसाद कोइराला अस्पतालका लागि रकम नछुट्याइएकोमा अर्थमन्त्रीप्रति आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशनमा सुशील कोइराला पुनः पार्टीको सभापति पदमा उठ्नुभएन भने आफू सभापति पदमा उठ्ने स्पष्ट पार्नुभयो । रासस