महेन्द्रनगर, ३१ असार । बन्यजन्तु चोरीसिकारी नियन्त्रण तथा पाठेबाघ संरक्षणमा योगदान पुर्याउने प्रहरी अधिकारी सम्मानित भएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले गठन गरेको क्षेत्रीय अनुसन्धान समुह महाकालीका प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र जोहारीलाई जिल्ला वन कार्यालयले कञ्चनपुरले विहीबार सम्मानसहित पुरस्कृत गरेको हो ।
बन कार्यालयको पुरस्कार समितिले दुर्लभ वन्यजन्तु लोभ हुन लागेको पाठेबबाघ संरक्षण कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै जोहारीलाई ७ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरेको हो ।
कञ्चनपुरका वन अधिकृत सुरेश सिंहले जोहारीलाई नदगसहित प्रशंसापत्र प्रदान गरे । प्रहरी नायव निरीक्षक जोहारी करिब १ वर्षदेखि क्षेत्रीय अनुसन्धान समुह महाकालीको नेतृत्व सम्हाल्दै आएका छन् ।
१ वर्षको अवधिमा उनले भारतसँग जोडिएका सुदूरपश्चिमका कञ्चनपुर र कैलाली, दार्चुला लगायतका जिल्लाबाट बन्यजन्तु तस्करी र सिकारी नियन्त्रण तथा रोकथाममा उल्लेख्य सफलता हासिल गरेका थिए ।
यो अवधिमा उनले ३ वटा पाठेबाघको छाला, ६४ किलो हड्डी, २ वटा चितुवाको छाला र ३ जना भारतीय नागरिक सहित वन्यजन्तु चोरीसिकारीमा संलग्न ७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए ।
सम्मान ग्रहण गर्दे प्रहरी नायव निरीक्षक जोहारीले आफूले गरेको कामको मुल्याकंन भएको भन्दै काम गर्ने मनोबल बढेको बताए । ‘सिकारी तथा तस्करीलाई कानुनको दायरामा ल्याउन मनोबल बढेको छ’ उनले भने ।
जोहारीले २०७० सालको पुस महिनादेखि कैलाली कञ्चनपुरका सीमा क्षेत्रबाट बन्यजन्तुको अखेटोपहार सिकार तस्करी रोक्न गठित क्षेत्रीय अनुसन्धान समुह महाकालीको नेतृत्व सम्हालेका थिए ।
















प्रतिक्रिया