काठमाडौँ, ३१ असार । भारतबाट सुन ल्याउँदा एक व्यक्ति पक्राउ परेका छन् ।
एयर अरेवियाको उडान नम्वर जि ९–५३९ को उडानद्वारा आएका भारतीय नागरिक टाथागता चक्रबर्तीलाई भंसार छली ल्याएको सुन १० तोला र ५ थान मोवाइलसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आवागमन भंसार चेकजाँच पश्चात प्रिपेड ट्याक्सी काउण्टर अगाडि प्रहरीले चेकजाँच गर्दा पाईन्टको पकेटबाट उक्त सुन र सुटकेश भित्र लुकाई छिपाई राखेको अवस्थामा मोवाइल बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया