७ कार्तिक २०८३, शनिबार

श्रीमतीले छाडेर माइत गएपछि ज्वाइँले ससुरालीमा आगो लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ३१ असार । श्रीमती माइत गएको झोकमा ज्वाइँले ससुरालीमा आगजनी गरेका छन् ।

घाँजरीपिपल–२ गैराकेटेरीका टोपबहादुर वुढाथोकीले आफ्नी श्रीमतीले आफूलाई नसोधी माइत गएको भन्दै आफ्ना ससुरा ढोलबहादुर रोका र कान्छा सुसुरा चन्द्रबहादुर रोकाका घरमा मङ्गलबार राति आगजनी गरेका हुन् ।

सधैँ श्रीमतीसँग झगडा गर्दै आएका बुढाथोकीले श्रीमती ल्याउन ससुराली जाँदा ढोका नखोलिएपछि रिसको झोंकमा आगो लगाएका थिए । आगलागीबाट दुवै घरमा रहेको अन्नपात, लत्ताकपडालगायत जलेर नष्ट भएको पीडित ढोलबहादुर रोकाले बताउनुभयो ।

पीडितको उजुरीका आधारमा आगजनीमा संलग्न बुढाथोकीलाई प्रहरीले मुद्दा चलाएको छ । बुढाथोकीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस