७ कार्तिक २०८३, शनिबार

अब हुलाक चिठ्ठी एक दिनमै पुग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hulak-laterकाठमाडौँ, ३१ असार । अहिलेसम्म सिंहदरबारभित्रै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठ्ठीपत्र पु¥याउन दुई/तीन दिनसम्म लाग्थ्यो तर साउन १ गतेदेखि भने जुन दिन पठाइएको हो सोही दिन पुग्ने छ ।

साउन १ गतेदेखि सिंहदरबारभित्रै रहेको गोश्वारा हुलाकको काउन्टरमा दर्ता गरेर सोही दिन सम्बन्धित मन्त्रालयमा वितरण गरिने भएपछि चिठ्ठीपत्र पठाएकै दिन पुग्ने भएको हो । यसअघि एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठ्ठीपत्र पठाउन सुन्धारा गोश्वारा हुलाकमा दर्ता गरी प्रक्रियामा जाँदा दुई/तीन दिन लाग्ने गथ्र्यो ।

गोश्वारा हुलाकका निमित्त प्रमुख सुशील श्रेष्ठले सरकारी कार्यालयका चिठ्ठीपत्र गोश्वारामा दर्ता गरी प्रक्रियामा जाँदा ढिला हुने हुँदा छिटो छरितोका लागि सिंहदरवारभित्रै रहेको काउन्टरमा दर्ता गरी तत्काल पु¥याउने प्रक्रिया सुरू गर्न लागिएको जानकारी दिनुभयो । काउन्टरमा बिहान १० बजेदेखि १ः०० बजेसम्म भएका चिठ्ठी अपराह्न १३ः३० भित्र सम्बन्धित मन्त्रालयमा पु¥याइसकिने छ । त्यसपछि दर्ता भएका चिठ्ठीपत्र अपराह्न ४ः०० बजेभित्रै पु¥याइने छ । सो काम गर्न काउन्टरका कर्मचारीलाई थप व्यवस्थित गरी परिचालन गरिने छ ।

“यो छिटोछरितो सेवा सिंहदरबारभित्रका सरकारी कार्यालयबाट सुरू गरिए तापनि बिस्तारै काठमाडौँ उपत्यका वरिपरि र जिल्लामा समेत पु¥याइने छ,” उहाँले भन्नुभयो । साधारण र रजिस्टर गरिएको चिठ्ठी सम्बन्धित स्थानमा पुग्न दुई/तीन तीन लाग्छ तर ‘सेम डे डेलिभरी’ र द्रुत सेवा (डाँक सेवा)बाट पठाइएको चिठ्ठी सोही दिन प्राप्त गर्न सकिन्छ । निमित्त प्रमुख श्रेष्ठले प्रविधिको विकासका कारण पहिलेको तुलनामा व्यक्तिगत चिठ्ठीपत्र पठाउने काम कम भए पनि कार्यालयका लागि पठाउने चिठ्ठीपत्रमा भने कुनै कमी नआएको बताउनुभयो । रासस