७ कार्तिक २०८३, शनिबार

बागलुङमा दश बर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी मुद्दा फर्छौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

court-order– रबिना बोहरा
बागलुङ, ३१ असार । पुनरावेदन अदालत बागलुङले यस आर्थिक बर्षमा ८३.७७ प्रतिशत मुद्धा फर्छौट गरेको छ ।

अदालतका अनुसार यस बर्ष २ सय २९ थान मुद्धा दर्ता भएर कुल २ सय ६५ थान हुदा २ सय २२ मुद्धा फर्छौट गरिएको जनाएको छ । अदालतले सार्वजनिक गरेको तथ्याङक अनुसार १० बर्षको कार्य सम्पादनको तुलनामा यो बर्ष सङ्ख्यात्मक रुपमा सबै भन्दा बढी मुद्धा फर्छौट् भएको छ ।

अदालतमा गत बर्षबाट जिम्मेवारी सरी आएका ३६ थान मुद्धा र यस आर्थिक बर्ष भित्र पर्न सक्ने १ सय ६८ अनुमानीत मुद्धामा ७५ प्रतिशत अर्थात १ सय ५३ फर्छौट गर्ने लक्ष्य निर्धारण गरेको थियो । अदालतले लिएको लक्ष्यमा ६१ मुद्धा बढी फर्छौट हुदा कुल लगतको ८३.७७ प्रतिशत मुद्धा फर्छौट भएका छन् । फर्छौट भएका मुद्धामा बढी यौनसंग सम्बन्धित मुद्धा रहेका छन् । क्षेत्रगत रुपमा ज्यान मुद्धा ५० थान, करणी सम्बन्धि ४५, जग्गा सम्बन्धि २१ रहेको अदालतले जनाएको छ ।

एक बर्ष नाघेका कुनै पनि मुद्धा फर्छौट गर्न बाँकी नभएको अदालतले जनाएको छ । त्यस्तै कुल ९३ थान निवेदन तथा प्रतिवेदनमा सबै फर्छौट भएको र प्रतिवेदन तर्फ जिम्मेवारी सरेको एक थान सहित जम्मा ६१ थान दर्ता भएकोमा सबै फट्योट भएका छन् ।     यस्तै बागलुङ जिल्ला अदालतमा ४ सय ४८ दर्ता भएका मुद्धामा ३ सय ६० मुद्धा फर्छौट हुदा ८७ मुद्धा बाँकी रहेका छन् ।

म्याग्दी जिल्ला अदालतमा ३ सय ६१ मुद्धामा २ सय ७६ मुद्धा फर्छौट हुदा ८५ मुद्धा बाँकी रहेका छन् । पर्वत जिल्ला अदालतमा २ सय ३६ दर्ता भएका मुद्धामा १ सय ९१ फर्छौट भई ४५ मुद्धा बाँकी छन् । यस्तै गरि मुस्ताङ जिल्लामा ११ वटा मुद्धामा ७ वटा फर्छौट भई ४ वटा मुद्धा फर्छौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।