– भुमीराज पराजुली
मलेसिया । भूकम्प पीडितको सहयोगार्थ आयोजना गरिएको फ्रेण्डसीप धमाका ५ मलेसिया आजबाट सुरु भएको छ ।
हरेक वर्षझै यो वर्षको रामदाम (हारीराया)को अबसरमा पनि नेपालबाट नेपाली कलाकार आई मलेसियाका नेपालीहरुलाइ मनोरञ्न प्रदान गर्ने भएका छन् । अन्य वर्षहरुमा दुईदेखि तीन वटा सम्म समुहले नेपालबाट फरक फरक कलाकार ल्याएर यहाँका नेपालीहरुलाई मनोरञ्जन दिने गरेका थिए । जसले गर्दा आफुलाई मनपर्ने कलाकार भएको कार्यक्रम हेर्न यहाँका नेपालीलाई सजिलो हुने गरेका थियो । तर यो पटक भने फ्रेण्डसीप धमाका ईभेण्टले माात्र नेपालबाट कलाकार ल्याएको छ ।
सुरुमा नेपाली चर्चीत नायीका रेखा थापा, वेल्सल बिक्रम राई (तोक्मे बुढो), केदार घिमिरे (माग्ने बुढो) लगायतका कलाकार ल्याउने भनेर पोष्टर सार्वजनिक गरेको आयोजकले अहिले कार्यक्रममा भने रेखा थापाको ठाउँमा करिष्मा माननन्धर, वेल्सन बिक्रम राई र केदार घिमीरेको ठाउँमा किरण केसी (राता मकै) र शिव हरी पौडेल (मुखमा हान्नु जस्तो) कलाकार ल्याएको छ ।
यी कालाकारका साथम मोडल रष्मी तामाङ, लोक गायीका ज्योती मगर, आधुनीक गायक कमल खत्री लयागतका कलाकार आएका छन् । कार्यक्रम आज देखी आगामी जुलाइ २० सम्म मलेसियाका बिभिन्न शहरमा हुने आयोजक कृष्ण पुलामीले जानकारी दिनु भएको छ ।
















प्रतिक्रिया