मेलम्ची, ३१ असार । सिन्धुपाल्चोक जिल्लामा गएरातिको अविरल वर्षापछि गएको पहिरोले अरनिको राजमार्गको बाह्रबिसे-तातोपानी सडकखण्डको गाती गाविस–१ बसेरी, तातोपानी गाविस–२ घट्टेखोला र लिपिङबजारमा पहिरो जाँदा अरनिको राजमार्गको यातायात सेवा गएरातिदेखि अवरुद्ध हुन पुगेको छ ।
केही दिनपछि चीनको सशस्त्र प्रहरीले तातोपानीदेखि बाह्रबिसेसम्म सडक खुलाई यातायात सञ्चालन गरिदिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया