२२ कार्तिक २०८३, आइतबार

बजेटमा कांग्रेसीकरण भयो : नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepalकाठमाडौं, ३१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनतालाई छिटोभन्दा छिटो संविधान दिनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) ३ नम्बर क्षेत्रद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले संविधान जारी गरेर स्थानीय निकायको निर्वाचन छिटो गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले साउन १ गतेदेखि संविधान निर्माणमा सुझाव सङ्कलनका लागि सभासद्हरु गाउँगाउँ जाने बताउनुभयो ।

विनाशकारी भूकम्पले ध्वस्त बनाएका भौतिक संरचना बनाउन र भूकम्पपीडितलाई राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन पार्टीले खटाएको स्वयम्सेवक राष्ट्रिय अभियानमा लागेका ललितपुर जिल्लाका स्वयम्सेवीलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्दै उहाँले यस अभियानबाट नेकपा (एमाले) ले जनताको मन जित्ने काम गरेको उल्लेख गर्नुभएको थियो ।

उहाँले आव २०७२÷०७३ मा प्रस्तुत गरिएको बजेटतर्फ सङ्केत गर्दै सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बजेटमा सङ्कीर्णता देखाएको गुनासो गर्नुभएको थियो ।

एमालेका उपमहासचिव विष्णु पौडेलले भूकम्पपीडितलाई सहयोग गरेको अनुभवलाई सङ्गाल्दै आगामी दिनमा हुनसक्ने प्राकृतिक प्रकोपको सामना गर्न राष्ट्रका लागि स्वयम्सेवक तयार गरिराख्नुपर्ने बताउनुभयो । उहाँले संविधान निर्माणपछि राष्ट्रिय सरकार बन्नुपर्नेमा पनि जोड दिनुभएको थियो । रासस