२२ कार्तिक २०८३, आइतबार

मधेसी नेताले विरोध गरेपनि केही फरक पर्दैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayan-khadka (1)उदयपुर, ३१ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सहरी विकास मन्त्री डा नारायण खड्काले अब बन्न लागेको संविधान सबै नेपाली जनता र राजनीतिक दलहरुको भावना समेट्ने खालको हुने कुरा बताउनुभएको छ ।

प्रेस युनियन उदयपुरद्वारा आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना गरिएको एक भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री डा खड्काले सो कुरा बताउनुभएको हो ।

मन्त्री खड्काले भन्नुभयो, “अहिले बन्न लागेको संविधान सबैदलको साझा सम्झौताको दस्ताबेज भएकाले सबैदल र जनताको भावनाअनुसारको संविधान आउन लागेको छ, यसमा कसैले पनि शङ्का गर्नुपर्दैन ।”

मधेसवादी दलहरु र केही जनजाति पार्टीहरुले अहिलेको संविधानको मस्यौदाको विरोध गरेपनि अब संविधानको मस्यौदामा उनीहरुको पनि भावना समेटिन लागेको कारण यो संविधान सबैको साझा संविधान बन्न लागेको कुरा मन्त्री खड्काले दाबी गर्नुभयो ।

अहिलेको मस्यौदामा सबैभन्दा बढी असहमति मधेसी दलहरुको रहेको भए तापनि यसमा मधेसीहरुको भावना र अधिकारलाई नै बढी समेट्नका लागि राजनीतिक दलहरुबीच छलफलसमेत भइरहेको मन्त्री खड्काले बताउनुभयो ।

अब नयाँ संविधान बनेपछि यो देशमा मधेसी, आदिवासी, जनजाति, खसक्षेत्री महिलालगायत सबैको अधिकार प्रत्याभूत हुने भएका कारण कसैले पनि अब आन्दोलन गरिरहन नपर्ने दाबीसमेत मन्त्री खड्काको रहेको छ ।

सकेसम्म आठ प्रदेशसहितको नामाङ्कन र सीमाङ्कनलाई समेत निर्धारण गरेर संविधान जारी गर्न लागिएकाले संविधान साउनभित्र नभएर केही महिना ढिलो पनि आउन सक्ने मन्त्री खड्काको धारणा थियो ।