७ कार्तिक २०८३, शनिबार

ईनारमा खसेर काठमाडौंमा सात वर्षीय बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । काठमाडौंमा एक बालकको ईनारमा डुबेर मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३५ डिल्लीबजार स्थित सीटिसीएस संस्थामा बस्दै आएका ७ बर्षीय अजय विकको ईनारमा खसेर मृत्यु भएको छ ।

सोही संस्थाको परिसरमा रहेको ईनारमा बुधबार अचानक खसेका उनलाई संस्थाका कर्मचारीले उद्धार गरी उपचारको लागि मोडेल अस्पताल बागवजार लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।