काठमाडौँ, ३१ असार । काठमाडौंमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–१ नागपोखरी स्थित नन्दीकेशर बहालको गुठी घरको कोठामा बस्दै आएका भक्तपुर नगरकोट घर बताउने २५ बर्षीय बुद्ध तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मकवानपुर मनहरी–७ ज्यामिरे स्थित राप्ती खोलाको बगरमा बुधबार सडीगली सकेको मानिसको कङकाल फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया