७ कार्तिक २०८३, शनिबार

रात्रिबसले ठक्कर दिँदा महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३१ असार । चन्द्रपुर नगरपालिका–१२ अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डमा आज बिहान रात्रिबसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाडौँबाट कटहरियातर्फ जाँदै गरेको ना५ख २०२२ नम्बरको रात्रिबसले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–७ जुडिवेला बस्ने ५२ वर्षीया हेमन्ही चौधरीको मृत्यु भएको हो ।

शवपरीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा लगिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–२ बस्ने बसचालक राजु पौडेललाई आवश्यक अनुसन्धानका लागि कटहरियाबाट नियन्त्रणमा लिएको छ । रासस