७ कार्तिक २०८३, शनिबार

चट्याङ लागेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाबियाचौर (म्याग्दी), ३१ असार । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।

भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेका घर्तिमगरको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । रासस