बुटवल, ३० असार । नेपालगन्जमा एक युवकको हत्या गरी फरार रहेका चारजना अभियुक्तलाई आज रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्जको सुर्खेतरोडमा सोमबार स्थानीयवासी चेतन मानन्धरमाथि दिउँसै खुँडा प्रहार गरी फरार रहेका चार अभियुक्तलाई रुपन्देही प्रहरीले रुपन्देहीको दयानगर–७ पण्डितपुरमा लुकेर बसेको अवस्थामा आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–५ का विवाद पाठक, २४ वर्षीय मनिष चौलागाई, वडा नंं ८ का २६ वर्षीय यमबहादुर बुढा र वडा नंं ७ का २६ वर्षीय हरि ओली रहेको प्रहरीले जनाएको छ ।
पक्राउ अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । रासस















प्रतिक्रिया