भैरहवा, ३० असार । वर्ष २०७२ को भ्रष्टाचार विरुद्धको मिडिया फेलोसिप पत्रकार नरेश केसी र कमल रायमाझीलाई प्रदान गरिएको छ ।
एलाकडिपी, पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देहीद्धारा प्रदान गरिएको मिडिया फेलोसिप एक मंगलबार आयोजित एक कार्यक्रमका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र पारदर्शी नेपाल सिद्धार्थनगरका अध्यक्ष सोमराज सिग्देलले संयुक्त रुपमा सो फेलोसिप पत्रकारद्वयलाई प्रदान गरेका थिए ।
भ्रष्टाचार, अनियमितताको विरुद्धमा आम सञ्चारमाध्यममा शसक्त कलम चलाएको भन्दै पत्रकार केसी र रायमाझीलाई नगद सहित सम्मान गरिएको थियो । लुुम्बिनीखबरका सम्पादक रहेका केसी हिमालय टेलिभिजन, दैनिक लुम्बिनी, दैनिक नेपाल र खबरवाणीमा भैरहवा संवाददाताको रुपमा कार्यरत छन् । त्यसैगरी पत्रकार रायमाझी राष्ट्रिय समाचार समिति सिद्धार्थनगर संवाददाता, लुम्बिनीखबरको सह–सम्पादक र सगरमाथा टेलिभिजनको संवाददाताको रुपमा कार्यरत छन् ।
मिडिया फेलोसिप पाउने पत्रकारद्वय रुपन्देहीमा कार्यरत पत्रकार हुन् । फेलोसिप प्रदान गर्न आयोजित समारोहमा पारदर्शी नेपाल सिद्धार्थनगरका अध्यक्ष सोमराज सिग्देल, प्रजिअ विष्णुु प्रसाद ढकाल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्ताकुमार शर्मा, कृष्ण प्रसाद शर्माले मन्तव्य राख्दै भ्रष्टाचारमुक्त समाजको लागि सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया