मुम्बई । बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानका लागि युवतीको लाईन् लागेको छ ।
आमिरले आफ्नो ट्विटरबाट आफूलाई युवती चाहिएको घोषणा गरेपछि उनको अफिसमा युवतीहरुको लाईन् लागेको हो । साथै युवतीका हजारौं इमेलले अफिसको सर्वर नै ठप्प भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले आमिर घरेलु ब्यानरमा आगामी फिल्मका लागि नयाँ अभिनेत्रीको खोजीमा छन् । अभिनेत्री बन्न आमिरको अफिसमा युवतीको भीड लागेको हो । फिल्मको निर्देशन अद्वैत चंदनले गरिरहेका छन् ।
आमिरले पछिल्लो हप्ता ट्विटरमा लेखेका थिए कि-‘म आफ्नो ब्यानरमा आगामी फिल्मका एक यस्तो नयाँ अभिनेत्रीको ओजीमा छु, जो अभिनयसँगै गीत पनि गाउँन सकोस् ।’
आमिरको प्रोडक्शनमा आगामी फिल्मबाट निर्देशनको सुरुआत गरिरहेका अद्वैत चन्दनका अनुसार युवतीहरुले पठाएको इमेलको जवाफ दिन आमिर रातिभरी लागेका थिए । अहिले जवाफ काम सकिएर अडिशनमा बोलाइएको उनले बताए ।
आमिरले चाँडै नै आफूले खोजेकी अभिनेत्री भेट्टाउने बताएका छन् ।















प्रतिक्रिया