७ कार्तिक २०८३, शनिबार

१० वर्षकी बालिका बलात्कार गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gang rapeइलाम, ३० असार । बालिका बलात्कार आरोपमा पक्राउ परेका इलाम चुलाचुली–१ का भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले मङ्गलबार १२ वर्ष कैद र ३० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको १ र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (१) बमोजिम लिम्बूलाई १२ वर्ष कैद र पीडित बालिकालाई रु ३० हजार क्षतिपूर्ति दिलाई दिने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।

लिम्बूले गत असारमा १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै असार १३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस