७ कार्तिक २०८३, शनिबार

बालिका बलात्कार गर्नेलाई १२ वर्षको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailचितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले मङ्गलबार सो कैदको फैसला सुनाएको नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो ।

चन्द्रबहादुरले २०७१ जेठ २४ गते बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिका अहिले आदर्शगृहको संरक्षणमा रहेकी छिन् । रासस