७ कार्तिक २०८३, शनिबार

आफै चढेको ट्याक्टरले किच्दा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ३० असार । आफै चढेको ट्याक्टरले किच्दा खोटाङमा एक युवाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मङ्गलबार राति दिक्तेलबाट पाथेकातर्फ जाँदै गरेको ना४त ९६५५ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षीय नरबहहादुर राईको मृत्युभएको हो । दिनभर मजदुुरीको काम गरेर दिक्तेलबाट ख चढेका राई सोल्मास्थित सालधोत्रे भन्ने ठाउँमा पुुुगेर ओर्लन खोज्दा पछाडिको चक्काले किचेर मृत्युभएको प्रत्यक्षदर्शीले बताएका छन् । मादकपदार्थ सेवन गरेका राई ट्याक्टरबाट ओर्लन खोज्दा अनियन्त्रित भई चक्कामुनि परेको अनुुमान प्रहरीको छ ।

घटनापछि ट्याक्टर चालक अविचन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रासस