७ कार्तिक २०८३, शनिबार

आठ किलोग्राम गाँजासहित तीन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३० असार । यात्रुवाहक बसमा लुकाइछिपाई लाँदै गरेको अवस्थामा प्रहरीले दुई बालिकासहित तीनजनालाई पक्राउ गरेको छ ।

रौतहट सदरमुकाम गौरमा लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाले मङ्गलबार जाँचका क्रममा ना४ख १५३४ नम्बरको यात्रुवाहक बसबाट आठ किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भार्ता गाविस–७ बस्ने ३० वर्षीया पवित्रा प्रजासहित १५ वर्षीया र १२ वर्षीया बालिका रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस