७ कार्तिक २०८३, शनिबार

वन्यजन्तु पुनः स्थापना केन्द्रमा चित्तल थपियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ३० असार । नवलपरासीमा रहेको वन्यजन्तु पुनः स्थापना केन्द्रमा एउटा चित्तल थपिएको छ ।

बर्दघाट नगरपालिकामा रहेको चिसापानी सामुदायिक वनद्वारा सञ्चालित वन्यजन्तु पुनः स्थापना केन्द्रमा एउटा चित्तल थपिएको हो ।

वनदेवी सामुदायिक वन रुपौंलिया क्षेत्रमा वन कार्यालयले घाइते अवस्थामा भेटिएको भाले चित्तललाई चिसापानी सामुदायिक वनलाई हस्तान्तरण गरेपछि अहिले सो केन्द्रमा तीनवटा चित्तल भएका छन् ।

पर्यटन विकास र घाइते जङ्गली जनावरको जीवन रक्षाका लागि सामुदायिक वनले यस प्रकारका चिडिया केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था राष्ट्रिय निकुञ्ज ऐन, २०२९ मा रहेको छ ।

सोही अनुसार चिसापानी सामुदायिक वनमा चिडिया केन्द्र राख्नका लागि अहिले नेपाल सरकारसँग लिखित अनुरोध गरेको चिसापानी सामुदायिक वनका सचिव होमबहादुर गुरुङले बताउनुभयो ।

नवलपरासीमा सामुदायिक वनद्वारा सञ्चालित वन्यजन्तु पुनः स्थापना केन्द्रमा हाल मृग, अजिङ्गर, बाँदरलगायत विभिन्न वन्यजन्तु संरक्षणका रुपमा रहेका छन् ।