३० आश्विन २०८३, शुक्रबार

बुटवलको सुटिङ युनिट चितवनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muzic-video– सुशिल नेपाल
बुटवल । ‘आशिष’ एल्बममा रहेको अनिक गिरीको स्वर र गोविन्द मधुर आचार्यको शव्द तथा संगितमा रहेको ‘कुनै दिन तिमीलाई मेरो याद आयो भने सपना सम्झि भुली दिनु अब उसै संग फुलि दिनु’ बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।

बुटवल र चितवनका रमरणीय स्थानमा छायांकन गरिएको भिडियोमा सुरज पाण्डे, निशा खड्का र समिर क्षेत्रीण्ले अभिनय गरेका छन । प्रदिप कंडेलको निर्देशन रहेको भिडियोलाई कंडेलले नै सम्पादन गर्नेछन । टंक केसीले भिडियोलाई आकर्षण तरिकाले क्यामेरामा कैद गरेका छन् ।

सम्पादनमा रहेको भिडियोलाई केहि दिनमा बजारमा ल्याइने निर्देशक कंडेलले जानकारी दिए । पछिल्लो समय कंडेल विभिन्न म्युजिक भिडियोहरुको निर्देशनमा व्यस्त हुन थालेका छन । आकर्षण र रमरणीय स्थानको खोजिमा चितवन पुगेको निर्देशकले बताए । उनले भने ‘आकर्षण र रमणिय स्थान चितवन लाग्यो र भिडियोलाई केहि उत्कृष्ठ बनाउँने सोँचाइले चितवनमा छायांकन गरियो ।’