३० आश्विन २०८३, शुक्रबार

टंकले ल्याए ‘ओइ लव्ली’ दर्शकलाई मन पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oai-lovely-tharu-songs (2)धनगढी । चर्चित गायक तथा संगितकार टंक वुढाथोकीको स्वर तथा संगितमा रहेको थारु भाषाको गीत ‘ओइ लव्ली तोहार रुपके जादु कैसिन यारको’ भिडियो मंगलवार धनगढीमा विमोचन गरिएको छ ।

सचारकर्मी प्रकाश मिश्रले रचना गरेको गीतको विमोचन मंगलबार निर्मात्री तुल्सी चौधरी, निर्देशक गोविन्द मुखिया, रचनाकार प्रकाश मिश्र, मोडेल नरेश जोगीले संयुक्त रुपमा गरे ।

स्थानिय भाषा सस्कृति झल्काउने तथा अहिलेका युवा पुस्तालाइ समेत लक्षित गरि गीत लेखिएको रचनाकार मिश्रले बताउनुभयो । साथै कार्यक्रममा यो भिडियो थारु भाषाको सबै भन्दा महंगो भएको बताइएको थियो ।

Oai-lovely-tharu-songs (1)

कार्यक्रममा मोडेल नरेश जोगीले आफूले पहिलो पटक अभिनय गरेका कारण बढी नै खुसी भएको बताए साथै आफूले यो गीतबाट धेरै आश गरेको बताए । संचारकर्मीहरु माझ गरिएको विमोचनपछि संचारकर्मीहरुले राम्रो प्रतिक्रिया दिएकोले समेत उत्साहित भएको मोडेल जोगीले बताए ।

उता हामीसंग कुरा गर्दै गायक टंक वुढाथोकीले आफूले सम्पूर्ण भाषा धर्मलाइ माया गर्ने र सबै संस्कृतिलाई समान रुपले अगाडि बढाउन पनि यो थारु गीत गाएको बताए र आश पनि धेरै गरेको वुढाथोकीले सुनाए ।

नरेश जोगी र सुजना ढकालले अभिनय गरेको भिडियो विमोचन कार्यक्रको संचालन संचारकर्मी तिलक जोशीले गरेका थिए । यो गीत सार्वजनिक भएसँगै दर्शकले पनि मनपराएका छन् ।