७ कार्तिक २०८३, शनिबार

भैरहवामा भानु जयन्तीको अवसरमा प्रभातफेरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanu-jayanti (1)

– नरेश केसी

भैरहवा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०२ औ जन्मजयन्तीको अवसरमा मंगलबार विहानै प्रभातफेरि सम्पन्न गरिएको छ । विहान ७ बजे स्थानिय भैरहवा उच्च माविको प्रांगणबाट शुरु भएको प्रभातफेरी कार्यक्रममा साहित्यकार, नागरिक समाज र संस्थागत विद्यालयका विद्यार्थि एवं शिक्षक शिक्षीकाहरुको सहभागीता रहेको थियो ।

पहिलो लाइनमा प्रहरीको व्यान्ड बाजा, दोस्रो लाइनमा भानुको प्रतिमा सहितको रयाली, तेस्रो लाईनमा साहित्यकार र नागरिक समाज तथा चौथो लाइनमा विद्यार्थि र शिक्षकहरु सहितको करिब ५ हजार मानिसहरुको रयाली भैरहवा उच्च माविबाट शुरु भई मैत्रीपथ, मिलनचौंक, नारायणस्थान, ब्रमेलीटोल, बुद्धचौंक हुदैं प्रभात पथ, भानुपथ हुदैं स्थानिय भानु माविको प्रांगणमा पुगेको थियो । रामायणको श्लोक घन्काउदैं भानु माविको प्रांगणमा पुगेको रयालीका सहभागीले भानु प्रतिमामा माल्यापर्ण गरेका थिए ।

bhanu-jayanti (4)

सामुहिक विद्यालय परिवार रुपन्देही र सिद्धार्थ साहित्य परिषदको संयुक्त आयोजनामा आयोजित २०२ औं जन्मजयन्ती समारोहमा प्रतिष्ठीत साहित्यकारहरु प्राज्ञ बूदं राना, प्राडा. कपिल लामिछाने, बालकृष्ण भट्टाराई, डिल्लीराज भट्टाराई, विजय सागर, प्राडा. गितु गिरी, डा. शंकर नेपाल, एल शर्मा, रुद्र ज्ञवाली, केशव शर्मा बेलबासे, बैकुष्ठ अर्याल, रामबहादुर श्रेष्ठ, देवी धीर, मणिराम भट्टाराई, लता प्रधान, सोनु गुरुंग छवि ज्ञवाली, नरेश के सी, सीता काफ्ले, तिलक लामिछाने, यसैगरी सामुहिक विद्याय परिवारमा आबद्ध विभिन्न विद्यालयका प्राचार्यहरु गोकुल पोखरेल, प्रेम पौडेल, उदय मल्लीक, गम्भिर गुरुंग, राजकुमार गुरुंग, चुन्न प्रसाद पाण्डे, शुसील ढकाल, आनन्द गुप्ता लगायतले प्रभातफेरीको नेतृत्व गरेका थिए ।

परिषद र परिवारको आयोजनामा अहिले –मंगलबार) दिउसों १ बजेदेखी स्थानिय सिद्धर्थानगर उद्योग वाणिज्य संघको सभाहलमा स्रष्टा सम्मान, रचना बाचन, पदचिन्हको विमोचन, विचारगोष्ठी कार्यक्रम पनि सन्चालन भईरहेको छ ।

bhanu-jayanti (2) bhanu-jayanti (3)