३० आश्विन २०८३, शुक्रबार

नासाले राजदूत डा कार्कीलाई नेपालको निर्माणाधीन संबिधान मस्यौदामा दियो सुझाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nasa-
– विजय थापा
वाशिंगटन डिसी । नेपालको निर्माणाधीन संबिधान मस्यौदामा सुझाब/प्रतिक्रिया दिन वाशिंगटन डिसी दुतावासले आब्हान गरे लगतै यसको फाइदा उठाउदै अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राजदुत डा अर्जुन कुमार कार्कीलाई सुझाब दिएको छ ।
 
नासा (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले उक्त सुझाब तथा सल्लाह राख्दै महामहिम राजदुत डा कार्कीलाई नर्थ क्यारोलिनाको ग्रिन्स बोरोमा दिएको थियो ।
 
राजदुत कार्कीले  नेपालको निर्माणाधीन संबिधान मस्यौदामा सुझाब दिन आब्हान गरे लगतै नासाले उक्त अवसरको फाईदा उठाउदै सुझाब र सल्लाह दिने अमेरिकामा रहेका नेपाली सामाजिक संस्थामा नासा पहिलो संस्था बनेको छ ।
 
उपस्थित भएका सहभागीहरुले डा राजदुत कार्की लाई सुझाब तथा सल्लाह दिएका थिए l गैर आवासीय नेपाली संघले नेपालको समग्र आर्थिक विकासमा ठुलो योगदान पुर्याएको छ l र बिबिध बिषयमा सल्लाह तथा सुझाब लिने क्रममा एनआरएनलाई दोहोरो नागरिकता दिनु पर्ने कुरामा बिशेष सल्लाह दिइएको संस्थाका सभापति डा राम चन्द्र बरालले बताए l
 
उक्त कार्यक्रममा संबिधान लेख्न करिब ८ बर्ष लागेको तर केवल १ हप्तामा नै जनतालाई सुझाब दिन आग्रह गरेकोमा यो न्यायोचित नभएको कुरा भन्दै करिब १ महिनाको समय दिन सके राम्रो संग सल्लाह र सुझाब दिन सकिने कुरा राखिएको थियो l
 
यसै गरि नासाको कार्यक्रममा धर्म र जातियताको आधारमा देश टुक्रिनु हुदैन, राज्य कुनै जात र वर्गको आधारमा नभै भूगोलको आधारमा हुनु पर्ने जोडदार सुझाब राखेको छ l देशलाई धर्म-निरपेक्षता घोषणा गर्नु हुदैन भन्ने सुझाब राख्दै तर कुनै पनि धर्म प्रति अझ पनि पक्षपात हुनु नहुने कुरा सुझाब दिइएको छ l  निर्माणधिन संबिधानले सबै राजनैतिक दल तथा समूहलाई खुशी दिन सकेको छैन भन्दै बन्ने संबिधानमा सम्झौता गर्नु पर्ने कुरामा जोड दिएको छ l
 
संबिधान लेख्न मात्र ८ बर्ष खर्च गरिएकोले कहिले सम्म हामीले विश्वास गर्ने भन्दै संबिधानले सबैलाई खुसि बनाउन अझ नसक्ने भएकोमा चिन्ता व्यक्त गरेको छ l कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डा राम बरालले गरेका थिए  l