काठमाडौं । नेपाली चलचित्रका निर्देशक, कलाकार तथा संगीतकार कमलकृष्णमाथि लाखौ रुपैयाँ ठगेको आरोप लागेको छ । कमलकृष्णले ठगी गरेको भन्दै एक भारतीय पत्रिकाले नै समाचार प्रकाशन गरेको छ ।
आफु आमिर खानको भान्जा हो भन्दै तीन लाख भन्दा बढी रुपैयाँ ठगी गरेको उक्त पत्रिकाले खुलाशहा गरेको छ । कमलकृष्णको बिरुद्ध भारतीय प्रहरीमा ठगीको उजुरी नै दर्ता भएको छ । चलचित्र निर्माणको समयमा कलाकारलाई ठगी गरेको समाचारमा उल्लेख छ ।
प्रधाननगर थानामा ११ जना कलाकारले कमलकृष्णबिरुद्ध उजुरी दर्ता गरेका हुन् । नेपाली चलचित्र र उत्तर बंगालमा राम्रै छवि बनाएका कमलकृष्णले मुम्बइमा रहेर जोधा अकबर’मा पनि काम गरिरहेका छन् ।















प्रतिक्रिया