२९ आश्विन २०८३, बिहिबार

बजेट अपडेटः अब गर्भपतन गर्नका लागि पैसा नलाग्ने, बृद्धाभत्ता हजार पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

budget
काठमाडौं, २९ असार । अव सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्नका लागि पैसा नलाग्ने भएको छ । प्रस्तुति हुँदै गरेको बजेट भाषण मार्फत अर्थमन्त्री रामशण महतले यस्तो घोषणा गरेका हुन् ।

यसअघि सुरक्षित गर्भपतन गर्नका लागि एक हजारदेखि १ हजार पाँच सय रुपैयाँसम्म रकम खर्च गर्नुपर्ने थियो । त्यस्तै यस वर्षको बजेटबाट बृद्धाभत्तामा पनि बृद्धि गरिएको छ । ५९ वर्ष पुगेका जेष्ठ नागरिकले पाउँदै आएको पाँच सय रुपैयाँको बृद्धभत्ता बढाएर एक हजार रुपैयाँ पुर्याइएको छ । एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बृद्धाभत्ता प्रदान गर्ने नीति ल्याएका थिए ।