काठमाडौं, २९ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक बर्ष २०७२/२०७३ को ८ खर्ब ८ अर्ब ९ करोड रुपैयाँको बजेट सरकारले मंगलबार सार्वजनिक गरेको हो । बजेट संसदबाट अहिले अर्थमन्त्री राहशरण महतले प्रस्तुत गरिरहेका छन् ।
आगामी बर्षको बजेटलाई भूकम्पपछिको पुनर्निर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित गरिएको छ । त्यसको स्रोत भने विदेशी सहायता र विदेशी ऋण हो ।
एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।












प्रतिक्रिया