कपिलवस्तु, २९ असार । कपिलबस्तुमा एक बालिकामाथि उखुबारीमै बलात्कार भएको छ ।
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भवानपुर–७ ठाकुरापुर बस्ने २६ बर्षीय ओम प्रकाश कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।कोइरीले सोमबार सोही ठाउँ बस्ने १२ बर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा उखुबारीमा शौचालय गर्न गएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
पीडित बालिकालाई स्वास्थ्य परिक्षण तथा उपचारको लागि तौलिहवा पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । यसअघि उनले आधा दर्जन युवतीलाई जिस्क्याएका थिए । जसका कारण उनलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।















प्रतिक्रिया