३० आश्विन २०८३, शुक्रबार

लभ गर्न झुटो नबोल्ने, इज्जत गर्ने केटा चाँहियो : मोडल सबिता आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sabita-aacharyaयूएई । आफूलाई चिनाउन कला क्षेत्रमा लाग्ने धेरै छन नाम कमाउने सजिलो बाटो बनेको छ कलाकारिता । यसैको पछिल्लो उदाहरण हुन माडल सबिता आचार्य । लगनशिलता मेहनत निरन्तरता अनि जिम्मेवारी भएर कुनै क्षेत्रमा लाग्दा सफलता अनि आत्मसन्तुष्टि मिल्दो रहेछ सबिता उत्साहित हुँदै आफ्नो संघर्षको दिनहरु सम्झिन्छिन ।

पहिलो पटक २ बर्ष अगाडि मनिषा राईको ‘साथ साथ’ गीति एल्बमको ‘कसैलाई हसाउने कसैलाई रुवाउने’, गीत बाट मोडलिङमा प्रवेश गरेकी सबिता लगत्तै बिन्दु राईको गीत ‘यस्तै भयो यो जुनिमा’ म्युजिक भिडियोले यूएईको मोडलिङमा परिचित बनायो । सावित्री गिरीको काठमाडौ जाँदा लगाएको माया र होमनाथ कूवरको लोकगीत अन्तै माया समार सकिछेउ लगायतका म्युजिक भिडियोमा उनले आफ्नो प्रतिभा देखाई सकेकी छिन । आफ्नै मेहनतबाट यस क्षेत्रमा अगाडि बढ्दै गरेको बताउने सबिता मोडलिङमा बिस्तारै सफलता पाइरहेकी छिन ।

sabitra (3)कलामा जम्न नेपाली समाजले पचाउने भन्दा बढी भने दिन नसकिने उनको तर्क छ । नेपाली समाज दुबाई समितिकी सचिब समेत रहेकी सबिता भन्छिन ‘परिवारसंग बसेर हेर्न मिल्ने खालको हाउभाउ सिन दिन तयार छु ।

सबिताले भनिन ‘बरु थोरै म्युजिक भिडियोमा खेल्छु तर गुणस्तरीय काम गर्छु ।’ अहिले सम्म लभको चक्करमा नफसेको बताउने सबिता झुटो नबोल्ने र नारीको सम्मान केटा मनपर्छ भन्छिन । ‘लभ गर्न मलाई सम्मान गर्ने, झुटो नबोल्ने केटो चाहिन्छ ।’