७ कार्तिक २०८३, शनिबार

नेपालगन्जमा दिन दहाडै युवकको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatya– विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, २८ असार । दिन दहाडै भएको खुँडा प्रहारबाट नेपालगन्जमा एक युवकको मृत्यु भएको छ ।

सुर्खेतरोडस्थित धम्बोझी चोक नजिक भएको खुँडा प्रहारबाट घाइते भएका गगनगन्जका २५ बर्षीय चेतन मानन्धरको थप उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो धम्बोझी चोकस्थित ब्यस्त बजारमा एक युवा समूहले मानन्धरमाथि खुँडा प्रहार गरेकोमा उनको दाहिने हात छिनिएको थियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको थियो । मानन्धरको एअरपोर्ट नपुग्दै मृत्यु भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक दीपेन्द्र पालले जानकारी दिए ।

सुर्खेतरोडस्थित सिद्धार्थ कटेज छेउमा एक्लै हिडिरहेका बेला बेलासपुरबाट आएको अर्को युवा समूहले एक्कासी मानन्धरलाई खुँडा प्रहार गरेको प्रहरीले जनाएको छ । खुँडा प्रहार गरेर भाग्दै गरेका मध्ये ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई लखेटेर समात्न सफल भएको प्रहरी निरीक्षक पालले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । ७ जनाको संख्यामा आएकाहरुले अचानक खुँडा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको पालले जानकारी दिए । अत्यधिक रक्तश्रावका कारण मानन्धरको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।