७ कार्तिक २०८३, शनिबार

काठमाडौंका जिल्ला स्तरिय कार्यालयहरुको नागरिक वडापत्र सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-distirict (2)काठमाण्डौं, २८ असार । उच्चस्तरिय प्रशासन सुधार समितिका अध्यक्ष कासीराज दाहालले अहिलेको प्रशासन यन्त्रमा मुख्य गरि ३ वटा समस्या रहेको बताउनुभएको छ ।

अहिलेको समग्र प्रशासनमा संचरनागत समस्या, ब्यवस्थापनको समस्या र सार्वजनिक नैतिकताको समस्या टड्कारो रुपमा देखिएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

अहिलेको प्रशासन सबलिकरण, चुस्त, आधुनिकरण र प्रबिधिकरण तर्फ अगाडी बढ्नका लागि कतिपय संरचनागत रुपमा कठिनाई उत्पन्न भईरहेको बताउंदै उहांले केही कार्यालयहरू नाममात्रको रुपमा रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी चुस्त ब्यवस्थापनको अभावमा प्रशासनिक चुस्तता कायम गर्न नसकिएको र सुलभ ढंगले सेवा प्रवाह हुन नसकेको पनि उल्लेख गर्नुभयो । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको उचित र प्रभावकारी ब्यवस्था नहुंदा समस्या देखीएको पनि उहांले बताउनुभयो ।

ktm-distirict (1)‘अहिले सार्वजनिक नैतिकता निकै खस्किएको छ, आचरण र ब्यवहार पनि खस्किएको छ । जबसम्म आचरण स्वच्छ हुंदैन ब्यवहार र संस्कृतिमा सुधार हुंदैन तबसम्म किताबी सुधारले मात्र प्रशासन सुदृढ हुन सक्दैन’ जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको संयोजनमा आज काठमाण्डौं जिल्ला स्तरिय कार्यालयहरुको नागरिक वडापत्र संगालोको सार्वजनिकीकरण गर्दै अध्यक्ष दाहालले बताउनुभयो ।

साथै उहांले हाम्रो संस्कृति सुधार्दै निती निर्माण गर्ने राजनितिज्ञ र नीती कार्यान्वयन गर्ने राष्ट्र सेवक कर्मचारीहरू बीच समन्वय गर्दै नेपालको प्रशासनलाई सुधार गरी नागरिक मैत्री बनाउनुपर्ने औंल्याउनु भयो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सेवा प्रदायक निकायहरूले आफुले उपलब्ध गराउने सेवाको प्रकृति यसका लागि के कस्तो सुविधा उपलब्ध गराउंछ भन्ने कुराको जानकारीका साथै नागरिकहरूले गर्नुपर्ने तयारीका बिषयमा संगालो उपलब्धीमुलक हुने बिश्वास ब्यक्त गर्नुभयो । काठमाण्डौं जिल्लाबासी सबै सेवाग्राहीहरूलाई कुन कुन सार्वजनिक सेवा प्राप्तिका लागि के कस्तो पुर्व तयारी सहित कुन कुन जिल्ला स्तरिय सार्वजनिक निकायमा सम्पर्क राख्न जानु पर्छ भन्ने कुराको जानकारी हासिल गर्न थप सहजता प्रदान गर्ने उद्देश्यले काठमाण्डौं जिल्ला स्तरिय कार्यालयहरुको नागरिक वडापत्र संगालो २०७२ प्रकाशन गरिएको बताउनुभयो ।

यसले काठमाण्डौं जिल्लाका सार्वजनिक निकाय र जनताका सेवकहरुलाई थप जिम्मेवार र जवाफदेही बन्न एवं सुशासन युक्त र बिकृति मुक्त भई कार्यरत रहन थप दवाव पर्ने अपेक्षा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले लिएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले काठमाण्डौं जिल्ला राजधानीको केन्द्र जिल्लाका रुपमा रहेको हुनाले यहांबाट प्रवाह हुने सेवा सुविधाले अन्य जिल्लामा पनि प्रभाव पार्ने हुनाले सबै कार्यालय प्रमुखहरुलाई नागरिक मैत्री ब्यवहार गरेर सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभयो । काठमाण्डौं जिल्लाका सवै कार्यालय प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक बिज्ञानराज शर्माले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

काठमाण्डौं जिल्ला स्तरीय कार्यालयहरुको नागरिक वडापत्र संगालो २०७२ ले सार्वजनिक सेवालाई नागरिक प्रति सहज, सरल, प्रभावकारी, जवाफदेही र उत्तरदायि बनाउने अपेक्षा लिएको छ । नागरिकहरूलाई सेवा लिंदा अपनाउनु पर्ने तयारी र लिनुपर्ने जानकारी उक्त संगालोमा उल्लेख गरिएको छ । संगालोमा काठमाण्डौं जिल्ला अन्तर्गतका ३७ वटा कार्यालयहरुले प्रवाह गर्ने सेवाहरुको एकिकृत नागरिक वडापत्र समावेश गरिएको छ । यसअघी काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले कार्यालय संचालन कार्यविधी सुरु गरेको थियो ।

सो कार्यविधी अनुकरणीय ठान्दै अन्य जिल्लाहरुले पनि लागु गरि रहेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले यो संगालोलाई उपलब्धीमुलक बनाउन काठमाण्डौं वासी सबै नागरिकको हात हातमा पुर्योउन सबै कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
उहांले यसको पुर्ण उपयोग र नागरिकहरुले प्रभावकारी ढंगले सेवा ग्रहण गर्ने सहज र सुशासन मैत्री अवस्था निर्माण गर्न पनि सबैमा अपिल गर्नु भएको छ ।