७ कार्तिक २०८३, शनिबार

भैरहवामा युरो किड्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eurokids– नरेश के.सी 

भैरहवा, असार २८ । पूर्णतया खेल विधिद्धारा बालबालिकालाई पठनपाठन गराईने विश्व प्रसिद्ध युरो किड्सको पूर्व प्राथमिक विद्यालय भैरहवामा सञ्चालनमा आएको छ ।

१८ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई बिना कुनै झन्झट वैज्ञानिक विधिद्धारा अध्ययन अध्यापन गराईने युरो किड्स काठमाण्डौ, पोखरा र चितवनपछि भैरहवामा खुलेको हो । नारायणघाट देखि पश्चिम क्षेत्रमा पहिलो पटक भैरहवामा खुलेको युरो किड्स कोमल भिल्ला सिनपा – ३, खजहनामा रहेको छ ।

पूर्णतया व्यवहारिक विधिद्धारा पढाई हुने युरो किड्स प्रि–स्कुललाई सिद्धार्थ ईन्ष्टिच्युट अफ एजुकेशन एण्ड डेभलपमेण्टद्धारा सञ्चालनमा ल्याईएको हो । श्रव्य दृश्य र मनोरञ्जनात्मक सिकाईलाई जोड दिदै पठनपाठन हुने युरो किड्स प्रि–स्कुल पूर्णतया पारिवारिक वातावरणको हुने युरो किड्स प्रि–स्कुल भैरहवाकी प्रिन्सिपल प्रतिष्ठा चालिसे मल्लले जनाईन् ।

प्रिन्सिपल मल्लका अनुसार हालसम्म १५ जना विद्यार्थी भैरहवामा भर्ना भईसकेका छन् । चालु पुजी ५० लाख भन्दा बढी लगानी भईसकेको सो विद्यालयमा बालबालिकाको मनोरञ्जनका लागि स्याण्ड पिट(बालुवामा खेल्ने), स्प्ल्याश पुल(सानो स्वीमिङ पुल), पप्पेट थियटर पनि राखिएको छ । पूर्णतया शाकाहारी भोजन गराईने सो विद्यालयका बालबालिकाको सुविधाको लागि पिक अप भ्यान र अफिसमा कार्यरत अभिभावकहरुको लागि आफ्टर स्कुल सर्भिसेज प्रदान गरिएको प्रिन्सिपल मल्लले जनाईन् । बिहान ९ बजेदेखि ३ बजेसम्म पठनपाठन हुने सो विद्यालयमा पहिलो ३० जना बच्चाहरुलाई निःशुल्क भर्ना गरिने, पहिलो वर्ष मासिक शुल्कमा ३० प्रतिशत छुट गरिने सञ्चालकले जनाएका छन् ।

युरो किड्स प्रि–स्कुल भैरहवाकी अध्यक्ष कोमल मल्लको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि युरो किड्सका अन्र्तराष्ट्रिय बजार निर्देशक सान्तुना मुजुम्दारले युरो किड्समा अध्ययन, अध्यापन गर्ने बालबालिकाहरु विश्वकै प्रतिस्पर्धी र सिर्जनशील हुने भएकोले सबै अभिभावकले आफ्ना बालबालिकाको भविष्य सुरक्षित गर्न युरो किड्समा भर्ना गर्नुपर्ने बताए ।
सो समारोहमा त्रिभुुवन विश्वविद्यालयका लेक्चरर तथा भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेलवासेले भैरहवामा युरो किड्सको संचालनसगै मोफसलमा शिक्षा क्षेत्रको हब बनिरहेको भैरहवाको भविष्य सुरक्षित रहेको दाबी गरे ।

उद्योग व्यापार संगठनका अध्यक्ष खिमबहादुर खत्रीले युरो किड्स प्रि–स्कुल भैरहवाको सफलताको कामना गर्दै आफ्ना बालबालिकालाई युरो किड्समा भर्ना गरी भोलिका राष्ट्रका कर्णधारका रुपमा स्थापित गर्न सबै अभिभावकलाई आग्रह गरे । संचारकर्मी नरेश केसीले विश्व प्रसिद्ध युरो किड्स प्रि–स्कुलको विश्व शान्तिको केन्द्र लुम्बिनीको प्रवेशद्धार भैरहवामा संचालनमा आउनु सुखद भएको जनाउ“दै यस क्षेत्रका बालबालिकाको सिर्जनात्मक र व्यवहारिक ज्ञानलाई प्रष्फुटन गराई विश्व प्रतिस्पर्धी बालबालिकाको रुपमा स्थापित गर्नेमा टेवा पुग्ने विश्वास गरे ।

मनोवैज्ञानिक ढंगले पठनपाठन गरिने युरो किड्स भैरहवामा युरो जिम मार्फत बालबालिकाको शारीरिक र मानसिक विकासमा ध्यान दिने खेल संयोजक परागदास गोर्खालीले जनाए । प्ले ग्रुप, नर्सरी, युरो जुनियर र युरो सिनियर तहका कक्षाहरु संचालनमा ल्याईएको भैरहवाको युरो किड्सका शिक्षकहरु पूर्णतया युरो किड्सको तालिम प्राप्त प्रशिक्षक भएको संचालकले जनाएका छन् । भारतको सबैभन्दा पहिलो प्रि–स्कुल चेन मानिने युरो किड्स भारतका मुख्य शहरका साथै दुबई, सिंगापुरमा पनि संचालनमा रहेका छन् ।

आस्ना सिंहको संचालनमा सम्पन्न समुद्घाटन समारोहमा युरो किड्स प्रि–स्कुल भैरहवाकी प्रशासकीय अधिकृत आयशा सिंहले युरो किड्सका विशेषता, महत्व र विषयवस्तु तथा पाठ्यक्रमको बारेमा प्रकाश पारेकी थिईन् । सो अवसरमा राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य मनिशकुमार जोशी, उद्योगीहरु नारायणप्रसाद भण्डारी, अनिल ज्ञवाली, युसिएमएस भैरहवाका तेजकुमार केसी, संचारकर्मीहरु, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।