७ कार्तिक २०८३, शनिबार

जीवित कछुवासहित सुन्धाराबाट पाँच जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kachuwa-baramadकाठमाडौं, २८ असार । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित जीवित कछुवासहित ५ जनालाई असार २५ गते काठमाडौँ महानगरपालिका–११ सुन्धाराबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँ मनपाङ्ग–५ बस्ने ४९ वर्षिय शेरबहादुर आलेमगर, स्याङ्जा खलङगा–४ बस्ने ४६ वर्षिय मनोज गुरुङ, लमजुङ दुराडाँडा–१ बस्ने ५० वर्षीय हुमबहादुर गुरुङ, तनहुँ व्यास नगरपालिका–१ बस्ने २८ वर्षिय बिक्रम थापा र गोरखा मान्बु–३ बस्ने ४० वर्षीय महेन्द्र गुरुङ रहेका छन् ।

प्रहरीले कछुवा संरक्षणका लागि सदर चिडियाखाना जावलाखेलमा पठाइएको छ भने पक्राउ ५ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाएको छ ।