काठमाडौं, २८ असार । काठमाडौंमा मरेका कुखुराको मासु छ्यापछ्याप्ती विक्री हुन थालेपछि प्रहरीले छापा हान्न सुरु गरेको छ ।
सोमबार प्रहरीले टोखा नगरपालिका–१३ दिपज्योतीस्थित केसी चिकेनकी सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका ७९ वटा कुखुरासहित पक्राउ गरेको छ ।
सर्लाहीबाट ना.३ च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा के.सी.को चिकेन स्टोरमा अनलोड गर्दै गरेको अबस्थामा तत्काल महानगरीय प्रहरी प्रभाग गोंगबुले ७९ वटा कुखुरा मरेका अबस्थामा फेला पारी गाडी र केसीलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया