३० आश्विन २०८३, शुक्रबार

बक्स अफिसमा ‘बाहुबली’ले दुई दिनमै सय करोड कमायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bahubaliमुम्बई । भारतमा अहिलेसम्मकै मंहगो फिल्म भनेर स्थान बनाएको एसएस राजमौलीको फिल्म ‘बाहुबली’ ने प्रदर्शनसँगै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले दुई दिनमै सय करोडको व्यापार गरेको छ ।

फिल्मले पहिलो दिन शुक्रवार करिब ५५ करोड भन्दा बढीको व्यापार गरेको थियो । फिल्मका निर्देशक एसएस राजामौली हुन् । यो फिल्म उनको ड्रीम प्रोजेक्ट थियो र निर्माणमात्रै तीन वर्ष लाग्यो । फिल्ममा एकदमै शानदार भिडियो प्रविधिको प्रयोग गरिएको छ । २५० करोड भन्दा बढी लागतमा निर्माण भएको फिल्म ‘बाहुबली’ सबैभन्दा मंहगो भारतीय फिल्म हो ।

दोस्रो दिन शनिवार फिल्मको कारोबारमा ४० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म बजार विश्लेषकका अनुसार प्रदर्शनभन्दा पहिला बाहुबलीले ३० देखि ३५ करोडसम्म कमाउने अनुमान गरेका थिए । तर त्यो अनुमानलाई पछि उछिन्दै ५० करोड भन्दा बढी कमायो । एक साथ पांच भाषामा प्रदर्शनमा आएको फिल्मलाई हिन्दी भाषामा मनपराइएको छ । एजेन्सी