७ कार्तिक २०८३, शनिबार

२४ घण्टे प्रहरी गस्तीले शान्ति सुरक्षामा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1 news

– नरेश केसी

भैरहवा, २८ असार । भैरहवाको वडा प्रहरी कार्यालय अञ्चलपुरमा नयाँ प्रहरी प्रमुखको आगमनसंगै यसक्षेत्रमा प्रहरीको व्यापक रुपमा गस्ती हुने गरेको छ । प्रहरीगस्तीका कारण यस क्षेत्रमा हुने चोरी,डकैती र तस्करका लाइनहरु छिन्नभिन्न हुन पुगेका छन् ।

सिद्र्धाथनगर नगरपालिका र यहाका केही गाबिसहरु चिलिया,टिकुलीगढ,हाटिफर्साटिकर, पडसरी, हाटीवनगाइ, र तिलोत्तमा नगरपालीका का केही वडाहरु को समेत सुुरक्षा जिम्मा वडा प्रहरी कार्यालय अञ्चलपुरको मातहतमा रहेको छ ।

आफ्ना मातहतमा रहेको सुरक्षा क्षेत्रको जिम्मेवार बहन गर्नका लागी वडा प्रहरी कार्यालयले व्यापकरुपमा सुरक्षा गस्तीहरु बढाउदै स्थानिय जनताको सुरक्षामा २४ औ घण्टा प्रहरी तैनाथ गराएको अनुभुती दिलाएको छ ।

अहिले यस क्षेत्रमा प्रहरीले बिभिन्न किसिमले पैतल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, पिकेट डिउटी, सादापोसाकमा गस्ती र सवारी साधनमा गस्ती गराएको छ । वडा प्रहरी कार्यालय अञ्चलपुरले रात र दिनको गस्ती गर्ने गरेको देखिन्छ ।

दिनमा पैतल र मोवाइल सवारीसाधन गस्ती लाई परिचालन गरिन्छ भने रातको समयमा सादा पोसाक र साइकल गस्ती लाई बिशेस रुपमा परिचालन गरिएको पाइएको छ ।

यस सुरक्षा कार्यालयले स्थायी रुपमा पिकेट डिउटी समेत राखेको छ । जुन २४ औ घण्टा एलर्ट रहेका हुन्छन् । जुन बुद्धचोक, लुम्बिनी गेट ,कार्यालय अगाडी ,बिपि पथमा रहेको तरकारी बजार रहेका छन् ।

रातको समयम बिशेसत यसको मातहतमा रहेका प्रहरी चौकी चिलिया, हाटीफर्साटिकर र लगन चोकमा रहेका प्रहरी पोष्ट संगको सहकार्यमा गस्ती हुने गरेको छ ।अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको निर्देशनमा समेत सुरक्षा गस्ती र अस्थायी पिकेट खडा गरि वडा प्रहरी कार्यालयले चेक जाचमा बढावा दिएको छ ।

वडा प्रहरी कार्यालय अञ्चलपुरमा प्रहरी प्रमुख प्रहरी निरीक्षक मेख बहादुर कुवर आए पछि को चालु तिन महिनामा अवैधरुपमा नदिजन्य बस्तुको निकासी गर्ने १५ ट्राक्टर नियन्त्रण लिइ जिबिस रुपन्देहीमा बुझाई १ लाख १५ हजार राजस्व संकलन गरेको छ ।
अवैधरुपमा भन्सार छलि गरि ल्याएका ३ लाख ३६ हजार ४ सय ३८ रुपैयाका फुटकर समानहरु र ४७ हजार मुल्य वरावरको कपडा समेत नियन्त्रण गरि भैरहवा भन्सार कार्यालयमा बुझाउएको छ ।

अवैधरुपमा लुकाइ छिपाइ ल्याउदै गरेको अवस्थामा ५ सय कुखुराको चल्ला वरामद गरि पशुक्यारेन्टाइन को रोहवरमा नष्ट गरेको वडा प्रहरी कार्यालयको रेर्कडमा देखिन्छ ।

लागुऔषद ओसार पसार र सेवन गर्ने ६ जनालाई नियन्त्रणमा ल्याई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । प्रहरी निरीक्षक कुवरले कार्यभार समाले पछि १ सय ६५ के.जीे. सुपारी वरामत भएको छ भने चोरि गर्दा गर्दै ६ जना चोरहरुलाई रंगेहात पक्राउ गरेको छ ।

यस अवधीमा वडा प्रहरी कार्यालयले मापसे गर्नहरु लाई नियन्त्रण गरि १४ हजार राजस्व समेत संकलन गरेको छ ।
प्रहरी गस्तीको बढावा गरिए पछि यस क्षेत्रमा शान्ति सुरक्षामा समेत सुधार देखीएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही का अध्यक्ष रामचन्द्र रेग्मीले वडा प्रहरी कार्यालय अञ्चलपुरमा आएका नया प्रमुखले प्रहरी जनताको सेवक भएको अनुभुती आफुहरुलाई दिलाएको जनाए ।

युवा व्यवासायी तथा सिनपा ७ अन्नपुर्ण टोल निवासी चक्र थापाले रातिका समयमा प्रहरीहरु साइकल,मोटर साइकल,पैतल र सवारी साधनमा समेत गस्ती भैरहेका कारण आफ्नो आसपासमा चोरी डकैतीमा कमी आएको बताउछन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी राजेन्द्र ढकालले जनमानसमा सुरक्षाको अनुभुती दिलाउनका लागी नया रणनितिका साथ आफु मातहतका प्रहरी परिचान हुने गरेको जानाकारी दिए ।

उनले भने यो क्षेत्र सुरक्षाका दृष्टिकोणले सम्वेदनशील क्षेत्र रहेकाले यहा हुने चोरि,डकैती र सवारी साधन दुर्घटना रोक्न पनि बिशेसरुपमा प्रहरी परिचालन गरिएको छ ।

वडाप्रहरी कार्यालय अञ्चलपुरका प्रमुख मेख वहादुर कुवर भने प्रहरी सदैव जनताको सेवामा लाग्ने संगठन भएकाले यसको निति नियममा रहेर आफुले काम गरेको बताए ।