३० आश्विन २०८३, शुक्रबार

एमाओवादीका मजदुर नेता पक्राउ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoustमलेसिया । एकीकृत नेकपा माओवादी मलेसियाका केन्द्रीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

एमाओवादीको प्रवासी शक्तिशाली प्रमुख संगठन नेपाली जनप्रतिशिल मञ्च मलेसियाका महासचिव दिप लिम्बू र सदस्य बलराम भट्ट मलेसिया प्रहरीको फन्दामा परेका हुन् ।

नेपाली जन प्रगतिशील मन्चको बैठकमा मलेसियाको राजधानी क्वालालम्पुर जाने क्रममा भट्ट र लिम्बूलाई प्रहरीले केपुङबाट पक्राउ गरेको थियो । चेकजाँचका क्रममा दुबै जना अवैधानिक भेटिएका थिए । आफूहरूसँग भिसा नभएकाले प्रहरीले पक्राउ गरेको दुवै जनाले समाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।

limbu-bhatt-mao

महासचिव लिम्बूले सामाजिक सञ्जालमा ५ बर्षपछी प्रहरीले आफूलाई पक्राउ गरेको र २ सय रिङ्गेट घुस दिएर करिब ६ घण्टापछि प्रहरी नियन्त्रणबाट मुक्त बताए । त्यस्तै, मन्चका सदस्य भट्टले पनि आफूहरूसँग भिसा नभएकाले प्रहरीले पक्राउ गरेको र २/२ सय रिङ्गेट घुस दिएर प्रहरीबाट मुक्त भएको बताए ।

महासचिव र सदस्य भट्टले प्रहरीलाई घुस नदिएको भए उनीहरू दुवै जना ३ महिना मलेसियाको जेलमा बस्नुपर्थ्यो । बिना भिषा बस्नेलाई यहाँको कानूनले अबैधानिक ठहर गर्छ । अबैधानिक भएर बस्ने अरू देशका कामदारलाई ३ महिना जेल हाल्ने कानुनी व्यवस्था छ ।