काठमाडौं । आगामी साउन १५ मा सुष्मा कार्कीले ‘पाप’ पखाल्ने भएकी छिन् । आफ्नो जीवनमा पुरुष तथा अन्य विभिन्न ठाउँमा गरिएका पापहरु पखाल्न लागेकी हुन् ।
एक्सन लभस्टोरी फिल्म पापमा सुष्माले गरेका पाप छर्लंग हुनेछन् । यो फिल्म साउन १५ मा रिलिज हुँदैछ । फिल्ममा सुष्मा पहिला लभ अनि पाप र पखाल्ने कुरालाई देखाइएको छ । एनआर घिमिरेको निर्देशनमा बनेको फिल्म राजधानी र मोफसलका झन्डै चार दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
विकास शर्माको प्रस्तुति रहेको फिल्ममा आयुष रिजाल र सुष्मा कार्की प्रमुख भूमिकामा छन् । रामप्रसाद शर्मा, पार्वती शर्मा र चन्द्रमा पराजुली निर्माता रहेको फिल्म कृष्ण कोइरालाको निर्माण संयोजनमा बनेको हो । फिल्म पूर्ण मनोरञ्जक भएकाले नाफा कमाउनेमा आफूहरू ढुक्क भएको निर्देशक एनआरको दाबी छ ।















प्रतिक्रिया