३० आश्विन २०८३, शुक्रबार

कतारमा रहेका २८ सय नेपालीलाई एनआरएनको सदस्यता प्रदान (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-Quaterकाठमाडौं, २८ असार । रोजगारी तथा विभिन्न कारणले कतार पुगेका २८ सय नेपालीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले सदस्यता प्रदान गरेको छ ।

आइतबार पञ्जीकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशन गर्दै एनआरएनए कतारले २ हजार ८०८ नेपालीलाई सदस्यता प्रदान गरेको जनाएको हो ।

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१५–२०१७ का लागि प्राप्त आवेदनहरु मध्ये प्रमाणिकरण भएका २८०८ आवेदकहरुलाई संघको निर्देशिका बमोजिम दर्ता गरी सदस्यता दिएको एनआएनए कतारका अध्यक्ष मक्सुद आलमले जानकारी दिए ।

‘विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा संस्थाकोे पंजिकृत सदस्य लिनुहुने तथा नविकरण गर्नुहुने सम्पूर्ण सदस्य ज्यूहरुमा हार्दिक बधाई ज्ञापन गर्दै आशन्न छैठांै राष्ट्रिय महाधिवेशन तथा संघले आगामी दिनहरुमा संचालन गर्ने सम्पूर्ण गतिविधिहरुमा यहाँहरुको सकरात्मक तथा रचनात्मक सहभागिताको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’ उनले भने ।

प्राप्त आवेदनहरुलाई जाँच, सम्पादन तथा अद्यावधिक गरेरे नामावलीलाई अन्तिम रुप दिनका लागि करिब १ महिना सम्म निरन्तर मेहनत गर्ने एनसीसी कार्यसमितिका पदाधिकारीलाई उनले धन्यवाद ज्ञापन गरे ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।