७ कार्तिक २०८३, शनिबार

सडक दुर्घटनामा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २८ असार । झापा र सुनसरीमा गएराति भएका छुट्टा – छुट्टै मोटरसाईकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । राति ११ बजे झापाको तोपगाछी ५ स्थित पूर्वपश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किन पुग्दा त्यसका सबार दुई जनाको मृत्यु भएको हो ।

सडकमा रोकिराखेको ना ३ ख ६२९० नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ३९९३ नम्बरको मोटरसाईकल ठक्कर खान पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक धरान १६ का २८ वर्षिय हिमालदाश कन्दङवा र पछाडी सबार झापा जलथलका २२ वर्षिय पेम्बा शेर्पालामाको मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरानमा राति ९ बजे मोटरसाईकललाई जिपले ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको छ । धरान ५ स्थित कोशी राजमार्गमा को ५ प ६९९३ नम्बरको मोटरसाईकललाई अनटेष्ट जिपले ठक्कर दिँदा त्यसका चालक धरान १० का ४५ वर्षिय गोबिन्द बिशंखेको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलको पछाडी सबार उदयपुर बेल्टार ४ का ३५ वर्षिय भिमबहादुर नेपाली गम्भिर घाईते भएका छन् । उनको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ठक्कर दिने जिपलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।