काठमाडौं, २७ असार । काठमाडौंलाई केन्द्रविन्दु बनाएर आइतबार नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु नेपालमा भूकम्पको अर्काे धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्रबिन्दु भएको भूकम्पको धक्का ३ दशमलब ३ रेक्टर स्कलेको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाभरी राम्रैसँग महसुस गरिएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म चार रेक्टर स्केलका ३६४ वटा धक्का महसुु गरिएका छन् । यसअघि हिजो दोलखा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।












प्रतिक्रिया