७ कार्तिक २०८३, शनिबार

मुख्यसचिव पौडेलले जिल्ला बासीसंग बिदा मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lilamani-paudel– अनिल खत्री
गुल्मी २७ असार । आफ्नो कार्यकाल सकिन लागेको भन्दै नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडेलले जिल्ला बासीसंग बिदा माग्नु भएको छ ।

गुल्मी जिल्लालाई खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा कार्यक्रममा पौडेलले मूख्य सचिवको रुपमा आफ्नो जिल्लामा अन्तिम कार्यक्रम भन्दै विदा माग्नुभएको हो ।

मुख्य सचिव पौडेलले यो अबधीभर सहयोग गर्ने सम्पुर्ण जिल्ला वासीलाई धन्यावाद दिँदै जिल्लाको हकमा आफु ऋणी रहेको समेत बताउनु भयो । आफनै कार्यकालमा गृहजिल्लालाई पूर्ण साक्षर तथा खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको घोषणा गर्न पाउँदा निकै हर्षित भएको भन्दै यो अभियानमा खट्ने सम्पुर्णलाई धन्यावाद समेत दिनु भएको थियो ।

जिल्लालाई शनिवार उपराष्ट्रपति परमानन्द झाले पूर्ण साक्षर तथा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । पूर्ण साक्षर हुनेमा गुल्मी १२ औँ जिल्ला हो भने खुल्ला दिसामुक्तमा २७ औँ जिल्ला हो ।