२२ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई बाबुरामको आरोप-‘महादेवले सतिदेवीको मरेको लाश बोके’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr Bhattarai Delivers Remarks

काठमाडौं, २७ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा पार्टीको विघटन निश्चित भएको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज आयोजना गरेको ‘राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान’ कार्यक्रममा उहाँले भन्नुभयो, “प्रचण्ड र बाबुराम मिलेर अँगालो हालेर मात्रै अब पार्टी बच्न सक्दैन, यथास्थितिमा हाम्रो विनाश रोक्न सकिँदैन ।”

उहाँले पार्टी रुपान्तरण हुने गरी रणनीति र कार्यनीति ल्याउन आवश्यक रहेको बताउँदै त्यसबाट मात्रै समाजवादतर्फको दिशामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

भट्टराईले अध्यक्ष दाहालतर्फ सङ्केत गर्दै भन्नुभयो, “महादेवले सतिदेवीको मरेको लाश बोकर हिँडेजस्तै हिँडेर अब पार्टी अगाडि बढ्न सक्दैन ।” संविधान निर्माणसँगै पुँजीवादी क्रान्तिको कार्यभारलाई संस्थागत गरी मुलुक समाजवादको दिशातर्फ अगाडि बढेको उहाँको भनाइ थियो ।