३० आश्विन २०८३, शुक्रबार

केकी अधिकारीको अनुहारमा तेजाब छर्किएपछि…..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keki-adic-574x330

– सन्दिप भट्ट

चितवन । ‘सानैदेखीको सोख थियो, राम्रो नृत्यङ्गना बन्ने । एउटा केटाले खुब मन पराउथ्यो । उसले पटक–पटक मलाई प्रेम प्रस्ताव राख्यो । मैले उसलाई कहिल्यै पे्रमीको नजरमा हेरिन । एकदिन अचानक बाईकमा आएर उसले मेरा मुखमा तेजाब छर्किदियो । त्यसपछि निरन्तर आँशुहरु बग्न थाल्यो । आँशुको सहारामा जीवन अगाडी बढेपनि नृत्याङगना बन्ने चाहना म बाट मरेको थिएन । झन मेहनत गर्दै गए । एकदिन युथ डान्स कम्पिटिसन हुने थाहा भयो । मैले फारम भरे । मैले मेहनत गरे । युथ डान्सको अर्वाड मिल्यो ।’ नायिका केकी अधिकारीलाई यही पात्र बनाई तयार पारिएको एक म्युजिक भिडियो यतिबेला सार्वजनिक भएको छ ।

अर्जुन पाण्डेको स्वरमा रहेको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । डिपी खनालको शब्दमा किरण कंडेलको संगीत रहेको गीतमा एरेन्जमेन्ट भने अल्मोडा उप्रेतीको रहेको छ । गीतमा नायिका केकी अधिकारीका साथसाथै निरजन थापा तथा बालकलाकार मानवी खड्काको अभिनय रहेको छ । भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने छायांकन धिरजजंग शाहको रहेको छ । निशान घिमिरेले भिडियोको सम्पादन गरेका हुन् ।