७ कार्तिक २०८३, शनिबार

भारत लैजान लागिएको दश केजी गाँजा बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २७ असार । भारततर्फ बिक्रीका लागि लगिएको १० केजी अवैध गाँजा शनिबार साँझ सुनसरी प्रहरीले बरामद गरेको छ ।

सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुरजब्दी नाका हुँदै भारतको विरपुरतर्फ झोलामा चार/पाँच जनाको समूहले गाँजा लगिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार प्रहरीले जाँच गर्दा गाँजा लिएर भारतीय बजारतर्फ जाँदै गरेका मानिसको समूह झोला छाडी भागेको थियो । रासस